वालिङ २९ असार । वालिङको पायनियर्स बहुमुखी क्याम्पसले त्रिभुवन विश्वविद्यालयले नविकरण नभएको खारेजीसम्म हुनसक्ने कलेजहरूको लिस्टमा नाम निकालेपछि कलेज प्रशासनले ध्यानाकर्षण गरेको छ ।
त्रिभुवन विश्वविद्यालयमा (टियु)मा अपडेट रहेको क्याम्पस प्रशासनले जनाएको छ । केही प्राविधिक कारणले टियुको सूचीमा समावेश भएको भन्दै त्यो अहिले पूर्ण रुपमा अपडेट रहेको क्याम्पस प्रमुख मेघराज गैह्रेले जानकारी दिए ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेका मध्ये केही क्याम्पसले नविकरण नगरेको र नियमित नरहेको भन्दै सूचना प्रकाशन गरेको थियो । तर केही सञ्चार माध्यमले भने खारेज गर्दै भन्ने आशयको समाचार प्रति समेत ध्यानाकर्षण गर्दै क्याम्पस प्रशासनले शैक्षिक संस्थाको समाचार लेख्दा वास्तविक तथ्य स्पष्टसँग बुझेर मात्रै लेख्न कलेज प्रशासनले आग्रह गरेका छन् ।