स्याङ्जा, २ असार । चापाकोट नगरपालिकाका पूर्व नगर प्रमुख शिवकुमार गिरीको सडक दुर्घटनामा परि निधन भएको छ ।
शुक्रबार राति पुतलीबजार नगरपालिका १० बरजा स्थित सिद्धार्थ राजमार्गमा राङ्खोलाबाट स्याङ्जा बजारतर्फ आउँदै गरेको बा १५ च १७०१ नम्बरको निजि स्कारपियो अनियन्त्रित भई दुर्घटना हुँदा स्कारपियोमा सवार उनको निधन भएको हो ।
चापाकोट नगरपालिका ४ दार्सिङ बस्ने गिरीलाई दुर्घटना पश्चात् उद्दार गरी उपचारको लागि जिल्ला अस्पताल स्याङ्जा लगिएको थियो । उनको उपचारको क्रममा राति ११ः४० बजे अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए ।
उनी संगै सवारी चालक पुतलीबजार नगरपालिका ९ कोल्मा बस्ने ३२ वर्षीय सुरज नेपाली सामान्य घाईते भएका छन । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गिरि नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि समेत हुन ।