काठमाडौ । धरहराको पुननिर्माणको एक चौथाई काम सम्पन्न भएको छ । धरहरा पुननिर्माणको ठेक्का पाएको ठेकेदार कम्पनीले धरहराको निर्माणको काम हालसम्म २६ प्रतिशत सम्पन्न भएको जानकारी दिएको हो । निर्माण कम्पनी जिआइइटिसी–रमन जेभीका कन्ट्याक्टर रेप्रिजेन्टेटिभ रमन महतोले धरहरा पुर्ननिर्माणको काम २६ प्रतिशत सकिएको जानकारी दिए ।
उनका अनुसार निर्माणस्थलका हिसाबले ६७ दशमलव ५ प्रतिशत धरहरा को पुननिर्माणको प्रगति भएको छ । धरहरा पुननिर्माणका क्रममा हाल धरहरा टावरको पहिलो बेसमेन्टको काम भइरहेको छ । त्यसै गरी गोश्वारा हुलाक रहेका भवन भत्काई त्यहाँ बेसमेन्ट बनाउनका लागि पूर्वतर्फ प्रोटेक्सन पाइल हाल्ने कार्य जारी रहेको बताइएको छ ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले विभिन्न खण्डमा काम समानान्तर रुपमा अघि बढाएर तोकिएको समयमा पुननिर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह समेत गरेका छन ।