काठमाडौं । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले आफ्नो १४औं बार्षिकउत्सव मनाएको छ । त्यस अबसरमा आयोजित बार्षिकउत्सव कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानी मन्त्री विना मगरले बोर्डको कामको खुलेरै प्रशंसा गरिन् । मन्त्रीले सिर्जनात्मक काम गर्ने बोर्डको कार्यशैलीबाटआफु प्रभावित भएको बताउदै मन्त्री मगरले बोर्डको आगामी योजना सुनेर खुसि भएको समेत बताइन् ।
यस अबसरमा हामीले खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा सञ्जीवविक्रम राणासंग बोर्डको आगामी योजना, कहिले आउछ मेलम्ची, उपत्यकाको बढ्दो खानेपानीको मागलाई सम्बोधन गर्न के-कस्तो योजना बनाउदै हुनुहुन्छ ? भन्ने बारेमा जान्ने कोशिस गरेका छौ ।
हामीसंगको कुराकानीमा निर्देशक डा. राणाले मेलम्चीको पानी दिर्घकालिन समस्याको समाधान नभएको बताए । उनले मेलम्चीले मात्र उपत्याकाबासीको खानेपानीको मागलाई पुरा गर्न नसक्ने भन्दै यस्तो अवस्थामा बोर्डले मेलम्चीको बिकल्पमामा पानीको अन्य श्रोतहरु समेत पहिचान गरिसकेको जानकारी दिए ।
उनले बोर्डले त्यसको लागि तयारी थालिसकेको समेत बताए ।
प्रस्तुत छ कार्यकारी निर्देशक डा राणासंग गण्डकी टाइम्स(www.gandakitimes.com) ले गरेको भिडियो वार्ताको सम्पादित अश :
हेर्नुस भिडियो :
साभार गण्डकी टाइम्स