पाण्डेले कार्यक्रमका बिच स्याङ्जा काङ्ग्रेसलाई सहमती,सहकार्य अनि एकताका निम्ति सबै नेताहरुलाइ आग्रह गर्दै सहमतीलागी आफुले कुनै पनि पद लिन नपर्ने अवस्था आयोभने आफू हासिखुसी तयार रहेको बताए ।
तपाईहरुले मलाई तीन-तिन पटक साम्सद बनाउनु भयो मलाई यो महाधिवेशन पनि ठूलो कुरा छैन,पार्टिलाइ एकाकार बनाउनका निम्ति मलाई कुनै ठाउँ पुगेन भनेपनी पार्टिलाइ एकाकार बनाउनका निम्ति म तपाइँहरुको पक्षमा लड्ने छु
पाण्डेले अब हुने निर्वाचनमा प्रदेशमा चार तारा चारै सिट अनि क्षेत्रमा दुई क्षेत्र दुबै सिट बनाउनका लागी सबै नेपाली काङ्ग्रेस स्याङ्जाका नेताहरुलाइ सहमति,सहकार्य अनि एकताको बाटोमा हिड्न आग्रह गरेका थिए ।
उक्त कार्यक्रममा संविधानसभा सदस्य राजु थापा,युवा व्यवसायी खुमा अर्याल लगाएतका नेताहरुले आफ्नो भनाइ राखेका थिए ।कार्यक्रममा नेपाली राष्ट्रिय स्तरका कलाकार द्वारा पनि विभिन्न गित तथा नृत्यप्रस्तुत गराइएको थियो ।
द राइजिङ गुर्पका सल्लाहकार शिव श्रेष्ठको स्वागत सङ्गै सुरु भएको कार्यक्रम कल्बका अध्यक्ष मिलन रानाको सभापतित्वमा र क्लबका कोषाध्यक्ष जिता रानाको संचालनमा सम्पन्न भएको थियो ।