काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज पनि ११ बजे देखि पेरिसडाँडामा बस्दै छ ।
हिजो बसेको स्थायी कमिटीमा पनि केन्द्रीय, प्रदेश र स्थानीय तहमा रहेको रिक्त पदमा परिपूर्ति गर्ने वा नगर्ने भन्ने विषयमा छलफल भएको थियो । तर सो बिषयमा कुनै ठोस निर्णय हुनसकेको थिएन ।
आज बस्ने बैठकमा नेताहरूको कार्य विभाजन, आसन्न राष्ट्रिय सम्मेलनको तयारीलगायत सांगठनिक विषयमा छलफल हुने जनाइएको छ ।