वालिङ, ५ भदौ ।
स्याङ्जामा नेपाली काँग्रेस प्रवेश गर्नेको लहर नै चलेको छ । केही दिनअघि मात्रै दर्जनौ एमाले लगायत अन्य पार्टीका नेता कार्यकर्ता नेपाली काँग्रेस प्रवेश गरेपछि यो श्रृंखला दिनानुदिन बढ्दै गएको छ ।
वालिङ नगरपालिका वार्ड न १२ मा एउटै गाँउका ८४ जना नेकपा एमाले र माओवादी पार्टी परित्याग गरि काङ्ग्रेसमा प्रवेश गरेका छ्न । उनीहरुलाई गण्डकी प्रदेशका सचेतक तथा साँसद भागवत प्रकाश मल्ल, वालिङ र चापाकोट नगरपालिकाका नगर प्रमुखले एक कार्यक्रमका विच स्वागत गरेका हुन् ।
कार्यक्रममा प्रदेश साँसद भागवत प्रकाश मल्लले नवप्रवेशीलाई पार्टिमा स्वागत गर्दै सदैव सङ्गै सुख दुःखमा हातेमालो गर्दै पार्टीको हितमा काम गर्ने बताए । कम्युनिष्ट नेतृत्वको सरकारले गरेको भ्रष्टाचार र वेथितीमा वोल्न समेत नपाएका कार्यकताहरु अभिव्यक्ति स्वतन्त्रताको पक्षपती नेपाली काँग्रेसनै नेपालको भुगोल सुहाउदो भएको भन्दै पार्टी प्रवेश गरेकाले आफुहरुले गर्भ महशुस गरेको वताए ।
कार्यक्रममा वालिङ नगरपालिका नगर प्रमुख दिलिप प्रताप खाँण ,चापाकोट नगरपालिकाका नगरप्रमुख शिव गिरि, माहाधिवेशन प्रतिनिधि गुरु प्रसाद भट्टराई, माहाधिवेशन प्रतिनिधि महेन्द्र श्रेष्ठ , माहाधिवेशन प्रतिनिधि विष्णु पौडेल, नेपाली काङ्ग्रेस स्याङ्जा क्षेत्र नँ २ क का क्षेत्रीय सभापति अर्जुन प्रकाश अर्याल, महिला संघ केन्द्रिय उपसभापति सरस्वती तिवारी, महिला नेत्री खगिसरा भण्डारी लगाएतका बक्ताहरुले उनीहरुलाई स्वागत गरेका थिए ।
नेविसंघ स्याङ्जाका नेता युधिष्टिर गैह्रे ९युडि० र तिलक भट्टराई ले नेकपा नेतृत्व सरकारमा रहँदा गरेका क्रियाकलाप, भ्रष्टाचार र वेथिती सहन नसकेका उनीहरुले नेपाली काँग्रेसमा प्रवेश गरेर समाजसेवा गर्ने उहाँहरुको आग्रहवाट काँग्रेस प्रवेश गराइएको वताएका छन् ।
स्याम गुरुङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको संचालन त्यसै वार्डका पार्टी सचीव नेत्र प्रसाद पराजुलीले गरेका थिए ।