काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम माधवकुमार नेपालको नेकपा एमाले (समाजवादी) पार्टीमा लागेका छन् । हिजो बुधबार एमालेबाट छुट्टिएर नेपाल समूहले नेकपा एमाले (समाजवादी) पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।
नेपाल समूहले सार्वजनिक गरेको ९५ जनाको केन्द्रीय समितिको लिस्टमा नभएका गौतमले आज नेपाल समूहलाई साथ दिने बताएका हुन् । पार्टी विभाजन भएपछि पार्टी एकता राष्ट्रिय अभियानको भर्चुअल बैठकलाई सम्बोधन गर्दै गौतमले नेपाल नेतृत्वको पार्टीलाई सहयोग गर्ने निर्णय गरेको बताएका हुन् ।