काठमाडौँ । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली एकताका लागि इमान्दार नभएको कारण अब अर्को पार्टी दर्ता गर्ने प्रक्रियामा लागेको बताएका छन् । मंगलबार बानेश्वरमा सांसद तथा केन्द्रीय सदस्यको भेलामा नेता नेपालले उनले यस्तो बताएका हुन् ।
उनलेअब छुट्टै पार्टी दर्ता गरेर अघि बढ्ने बताए । नेता नेपालले अब नयाँ ढंगले अघि बढ्ने अवस्थामा पुगेको बताउँदै निराश नभई देशभर संगठन विस्तारमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए ।
छलफलपछि एमाले सांसद मेटमणी चौधरीले एमाले विभाजन गर्ने कुरा टुङ्गो लागेको बताए । २० प्रतिशत थ्रेसहोल्ड राखेर नयाँ पार्टी दर्ता गर्ने कानुन आएलगतै दल दर्ता हुने उनको भनाइ छ ।