काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । दाहाल नेपालको कोटेश्वरस्थित निवासमा पुगेका हुन् ।
एमालेको नेपाल समूहले आज मात्रै एमालेको संस्थापनसँग अब पार्टी एकता गाह्रो हुँदै गएको निष्कर्ष निकालेको थियो । त्यसैदिन माओवादी अध्यक्ष दाहाल नेपाललाई भेट्न पुग्नुलाई रणनीतिक मानिएको छ ।
भेटमा सरकारमा सहभागिता र नयाँ पार्टी निर्माणबारे कुराकानी हुने स्रोतले बताएको छ ।