काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता सुरु भएको छ । एमालेभित्र देखिएको ववाद मिलाउन नक्सालस्थित हेटल मेरियटमा दुई नेताबीच वार्ता सुरु भएको हो ।
बुधबार दिउँसो सिंहदरबारमा बसेको कार्यदल बैठकले अध्यक्ष ओली र नेता नेपालबीच छलफल गर्ने सहमति गरेको थियो ।
ओली र नेपालबीचको संवादमा नेता विष्णु पौडेल पनि सहभागी छन् ।