काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई तिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा विचाराधीन मुद्दामा प्रयोग भएको हस्ताक्षर फिर्ता लिन आग्रह गरेका छन् ।
शुक्रबार एमाले केन्द्रीय कमिटी बैठकमा ओलीले सोमबार साँझसम्म २३ निवर्तमान सांसदहरुले हस्ताक्षर फिर्ता नलिए पार्टी एकता नहुने बताएका हुन् ।
‘सोमबार साँझ ५ बजेसम्म हस्ताक्षर फिर्ता भएन भने पार्टी एकता हुन्न’ ओलीले बैठकमा भने, ‘हस्ताक्षर फिर्ता नगर्नु पार्टी फुटको घोषणा हुन्छ ।’ हस्ताक्षर फिर्ता नलिनु पार्टी फुटेको घोषणा भएको ओलीले बताए ।
कांग्रेसका नेतालाई प्रधानमन्त्री बनाउने छुट एमालेका नेतालाई नभएको ओलीले बताए । बैठकमा उपाध्यक्ष वामदेव गौतमले दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिने निर्णयको विरोध गरेका थिए ।