काठमाण्डौ २४ भदौ ।
नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ घटाएको छ । निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ २ रुपैयाँका दरले घटाएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए ।
नेपाल(भारत पेट्रोलियम पाइपलाइनको उद्घाटन हुनुभन्दा केही समय अगाडि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको हो ।
काठमाण्डौ थानकोटबाट १५ किलोमिटर क्षेत्रभित्र पेट्रोल, डिजल र मट्टीतेललको मूल्य २ रुपैयाँका दरले घटेको छ । मंगलबार दिउँसो १२ बजेदेखि लागु हुने आयल निगमले जनाएको छ ।
यसअघि पेट्रोलको मूल्य १०९ रुपैयाँ थियो । मंगलबार दिउँसोदेखि पेट्रोलको मूल्य १०७ रुपैयाँ कायम भएको छ । यसअघि ९७ रुपैयाँ प्रतिलिटर कायम गरिएको डिजल र मट्टीतेलको मूल्य अब ९५ रुपैयाँ कायम भएको छ ।