काठमाडौँ । सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारलाई बदर गरेको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले मन्त्रिपरिषद् विस्तारलाई बदर गरेको हो ।
सर्वोच्च अदालतले नयाँ नियुक्त भएका २१ मन्त्री पदमुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनपछि जनता समाजवादी पार्टी (जसपा)सहितका मन्त्री नियुक्ति गरेका थिए ।