काठमाडाैँ – वर्षा हुने क्रम नराेकिएकाेले आज (शनिबार) पनि देशका विभिन्न नदीहरुमा पानीकाे बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएकाे छ।
शनिबार बिहानकाे मापन अनुसार महाकाली र यसका सहायक नदीमा बहाव सतर्कता तह आसपासमा पुगेकाे छ।
यस्तै कोशी, नारायणी, कर्णाली र यसका सहायक नदीमा बहाब बढ्दो क्रममा रहेकाे तर हाल सतर्कता तह भन्दा तलै रहेकाे महाशाखाले जनाएकाे छ।
नारायणी र यसका सहायक नदीमा दिउँसाे बहाव सामान्य घट्बढ हुने तर सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ।
यस्तै कोशी, कर्णाली र महाकाली जलाधारका केही स-साना सहायक नदीमा क्षणिक मध्यम/भारी वर्षा भई बहाव बढ्दाे क्रममा रहने र केही नदीमा आकस्मिक बहाव भइ सतर्कता तह आसपास पुग्न सक्ने महाशाखाले जनाएकाे छ।
कमला, बागमती लगायतका नदीमा पनि बहाव सामान्य बढ्ने तर सतर्कता तह भन्दा तले रहने जनाइएकाे छ।
कन्काई, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा बहाव बढ्दो हुने र केही स-साना नदीमा आकस्मिक बहाव भई सतर्कता आसपास पुग्न सक्ने पूर्वानुमान महाशाखाले गरेकाे छ।