पोखरा । गण्डकी प्रदेशमा कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री नियुक्ति भएसँगै मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । पोखरेल शनिबार मुख्यमन्त्रीमा नियुक्ति भएका थिए ।
उनले नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा)बाट एक एक जना मन्त्री बनाउँदैछन् । जसपाबाट संसदीय दलका नेता हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बन्ने पक्का छ ।
नेकपा माओवादी केन्द्रका नेताहरु मन्त्रीको नाम टुंगो लगाउन छलफलमै छन् । त्यस्तै राष्ट्रिय जनमोर्चा भने सरकारमा नजाने जनाएको छ ।