काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १३ हजार ८ सय ५ पिसीआर परीक्षणबाट ४५२४ र ३०७३ एन्टिजेन परीक्षणबाट ७९२ नमुनाको पीसीआर परीक्षण गर्दा ५३१६ जना संक्रमण देखिएको हो ।
आज ७२१९ जना निको भएका छन् । त्यस्तै १०१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।