मिना कंडेल / नवलपुर २२ भदौ ।
नेपाली कांग्रेसका महामन्त्री तथा संघीय सांसद डा.शशांक कोइरालाले काँग्रेसको दोश्रो जागरण अभियानले पार्टीलाई नयाँ जीवन दिन सफल हुने बताएका छन् । जागरण अभियानले काँग्रेसको संगठन र कार्यकर्तामा नयाँ उत्साह थप्ने वताए ।
नेपाली काँग्रेस पुर्वी नवलपरासी क्षेत्र नं १ को कार्यक्रमलाई देबचुलीमा सम्बोधन गर्दै नेपाली काग्रेसका महामन्त्री डा. कोइरालाले सो बिचार ब्यक्त गरेका हुन । महामन्त्री डा. कोइरालले अब काँग्रेसमा एकता र संगठनमा आमूल परिबर्तनको आवश्यक रहेकाले पुरानो संस्कारबाट नभई पार्टीलाई नयाँ पद्दतिबाट अगाडी बढाउन पर्ने समय आएको बताए । महामन्त्री कोइरालाले अब पार्टीले उठाउने उम्मेदवार जिल्ला तहबाटै निक्र्योल गरिने बताएका छन । उनले भनेर्, पार्टीले उठाउने उम्मेदवार केन्द्रले हस्तक्षेप गरेकै कारण पार्टीले हार वेहोर्नु पर्यो ।’ अब केन्द्रले नभई स्थानीय तहमा उठाउने नगर, गाउँपालिकाका उम्मेदवार जिल्लाबाटै टुगों लगाईने जानकारी दिए ।
डा कोइरालाले अब काँग्रेसको संगठनमा आमूल परिबर्तनको आबश्यकता रहेको बताउँदै पार्टीले आयोजना गर्ने जागरण अभियानलाई सफल बनाउन सबैले साथ दिनुपर्ने बताए ।
नेपाली काँग्रेस गौरवशाली इतिहास वोकेको पार्टी रहेकाले पार्टी संगठनमा एक ढिक्का भएर लाग्न कार्यकर्तालाई आग्रह गरेका छन् ।