हिमदुत डट कम
स्याङ्जा २२, भदौ ।
स्मार्ट सिटीको रुपमा विकास गर्न लागिएको वालिङ नगरपालिकाले सूचना र प्रविधीको विकास र विस्तार संगै ई गभर्नेन्सलाई प्राथमिकतामा राखेको वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले वताए ।
कम्प्यूटर एसोसिएसन महासंघ स्याङ्जाको नबौं साधारण सभा तथा पाँचौ अधिवेशन उद्घाटन समारोहमा सम्वोधन गर्दै नगर प्रमुख खाँणले एक्काइसौं शताव्दीको यो युग सूचना र प्रविधिको युग भएकाले नगरपालिकाले स्मार्ट सिटीको पहिलो खम्वाको रुपमा विज्ञान र प्रविधिलाई जोड दिएको जानकारी गराए । नगरपालिकालाई पूर्णरुपमा डिजिटलाइज गराएर राजश्व समेत अनलाईन गेट वे वाट तिर्न मिल्ने गरि काम थालनी गरिरहेको अवस्थामा क्यान महासंघ संग सहयोग र सहजीकरणको खाँचो रहेको औल्याएका थिए ।
कार्यक्रममा क्यान महासंघका केन्द्रिय सचिव तथा क्यान कास्किका संस्थापक अध्यक्ष जगन गुरुङले प्रविधिको प्रयोग विना कुनै काम गर्न सम्भव नहुने भएकाले सूचना तथा संचार प्रविधिलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु पर्ने वताएका थिए ।
कार्यक्रममा क्यान महासंघका केन्द्रिय सदस्य अशोकबाबु राना, गण्डकी प्रदेश सदस्य चिन्तामणी बास्तोला र क्यान कास्कीका पूर्व अध्यक्ष चण्डी अर्यालले सूचना र प्रविधि शहर केन्द्रित भइरहेको अवस्थामा अब नयाँ नेपालको परिकल्पना संगै गाँउ गाँउमा प्रविधिमैत्री वनाउन आवश्यक रहेको औल्याएका थिए ।
आईतवार सम्पन्न क्यान स्याङ्जाको पाँचौ अधिवेशनले मणी अर्यालको नेतृत्वमा नयाँ कार्य समिती चयन गरेको छ । भने, उपाध्यक्षमा उमेश गुरुङ, सचिवमा पदम प्रसाद पराजुली र कोषाध्यक्षमा देवेन्द्र थापा चयन भएका छन ।
सदस्यहरुमा धुव्रप्रसाद सुवेदी, दिपक पौडेल, विर बहादुर क्षेत्री, गोविन्द गैहे र राजु गैह्रे रहेका छन । भने केन्द्रीय पार्षदमा संस्थापक अध्यक्ष देव वोगटी, निवर्तमान अध्यक्ष कृष्ण वश्याल निर्वाचित भएका छन । संस्थाको शिक्षा उप समितीमा जोगराज पाठक र आइसिटी उप समितीमा खेमप्रसाद भट्राइ चयन भएका छन् ।
निर्वाचित सम्पूर्ण पदाधिकारीहरुको सपथ ग्रहण निर्वाचन संयोजक तथा क्यान स्याङ्जाका सल्लाहकार खगेन्द्र अर्यालले सोही समारोहका विच गराएका थिए । भने निर्वाचित सम्पूर्णलाई बधाइ ज्ञापन गरेका थिए । सोही अवसरमा नवनिर्वाचित अध्यक्ष अर्यालले क्यान स्याङ्जाले आईटीको क्षेत्रमा स्याङ्जालाई प्राविधिकमैत्रि बनाउन पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रम वालिङ स्थित अमर होटलमा सम्पन्न भएको थियो भने कार्यक्रमको सन्चालन सचिव उमेश गुरुङले सन्चालन गरेका थिए ।