काठमाडौँ– सोमबार एकैदिन देशभर १८५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार ५ सय ३१ पुगेको छ।
यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ४ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ७ हजार २ सय २० जनामा पीसीआर तथा २०५ जनामा एन्टिजेन परीक्षणबाट उक्त संक्रमण देखिएको हो।
गत चौबीस घण्टामा ७ हजार १ सय ३५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यसअघि आइतबार ७ हजार ६ सय ६४ जना कोरोना संक्रमित डिस्चार्ज भएका थिए।
गत चौबीस घन्टामा १९ हजार ८ सय ४६ पीसीआर तथा ६०७ एन्टिजेन परीक्षण भएको छ।