स्याङजा, २१ भदौ
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले विकासका लागि सबै राजनीतिक दल मिल्नुको विकल्प नरहेको बताएकी छन् । सबै मिलेमा छिटो विकास हुने बताउदै मन्त्री अर्यालले सबैले विकासमा सहयोग गर्नुपर्ने बताईन् । गल्याङ उद्योग वाणिज्य संघको प्रथम साधारण सभा तथा अधिवेसनलाइ सम्वोधन गर्दै अर्यालले अब वाणिज्य संघहरुले कृषिमा आधारीत व्यपार गर्नुपर्ने धारणा व्यक्त गरिन् । मन्त्री अर्यालले सरकारले कृषिमा धेरै लगानी गरेको जानकारी दिदै कृषिका उत्पादनमा जोड दिन आग्रह गरिन् ।
मन्त्री अर्यालले निजि क्षेत्र देशको अर्थतन्त्र विकासका लागि प्रमुख मेरुदण्ड र दरिलो खम्बा भएको बताउदै निजि क्षेत्रलाइ उत्पादनशिल बनाउन अनुरोध गरिन् । उद्योगी व्यवसायीको मनस्थीती गिराउने नभई सरकार उठाउने योजनामा रहेको जिकिर गरिन् । मुलुकको ढुकुटी दरो बनाउन सरकार लागि परेको जानकारी दिदै मन्त्रि अर्यालले स्थानीय तहबाट संचालीत योजनाहरुलाई सफल बनाउनु पर्ने बताईन् । उनले सरकारका योजना सफल भएमा मात्रै सरकार सफल हुने जिकिर गर्दै योजना सफल पार्न सुझाईन् ।
उत्पानलाई वढाउने नाममा मानिसको जीवन जोखिममा परेको अर्यालको भनाई रहेको छ । हामीलाइ छिटो कमाउन परेको बताउदै मन्त्रि अर्यालले उत्पादनमा विषादीको प्रयोग नगर्न आग्रह गरिन् । यस्ता विषयमा कोहि सरकार पक्ष र प्रतिपक्ष भनेर लाग्नु भन्दा पनि आफ्नो ठाउँ बनाउने तर्फ लाग्नुपर्नेमा अर्यालको जोड थियो ।
मन्त्री अर्यालले आँधीखोला हाईड्यामको प्राविधिक अध्यन सुरु भएको बताउदै योजना सम्पन्न गर्न ६३ अर्व आवश्क पर्ने रकम नेपाल सरकार सग नरहेकाले अन्यको सहयोग चाहिन्छ बताईन् । फाइदा हुने ठाउमा लागानी सरकारले गर्छ भन्दै आँधीखोला हाईड्यामबाट फाईदा नहुन पनि सक्ने हुनाले लगानी नहुन सक्ने धारणा व्यक्त गरिन् । सरकारले पोखरा भैरहवा दुइ घण्टाको वाटो बनाउन खोजेको बताउदै यो साल टेण्डर हुने र अर्को वर्षबाट योजना सम्झौता गरेर काम सुरु हुने अर्यालले बताईन् । कार्यक्रममा पूर्व साम्सद मोहन पाण्डेले सरकारले जनताको माग अनुसार गति लिन नसकेको आरोप लगाउदै बाटो खाली गरेर आफुहरुलाई सरकार चलाउन बाटो खुल्ला गर्न अनुरोध गरे । उनले सरकाले कुनै क्षेत्रमा पनि काम गर्न नसकेको जिकिर गर्दै धेरै ठाउमा असफल भैसकेको बताए । प्रमुख जिल्ला अधिकारी कोषहरी निरौला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।