काठमाडौं । नेपाली कांग्रेस अब १४ औं महाधिवेशन को तयारीमा मा केन्द्रीत हुने भएको छ । कांग्रेसको लगभग सबै जिल्लाबाट क्रियाशील सदस्यको विवरण केन्द्रमा आईसकेको छ ।
त्यस्तै भदौ ७ देखि महाधिवेशनको कार्यतालिका सार्वजानिक भइसकेको छ भने क्रियाशील सदस्यको नाम अब कांग्रेसको वेवसाइटमै हेर्न मिल्ने भएको छ ।
क्रियाशील सदस्यको विवरण www.nepalicongress.org मा गएर हेर्न मिल्छ । कांग्रेस केन्द्रीय कार्यसमितिको गत वैशाख ६ को निर्णयअनुसार क्रियाशीलको विवरण वेवसाइटबाट सार्वजनिक गरिएको हो ।
सार्वजनिक गरिएका क्रियाशील सदस्यको नामावलीउपर कुनै उजुरी वा गुनासा भए info@nepalicongress.org मा इमेल गर्न सकिन्छ ।
छानविन समितिका सचिव केशव रिजालका अनुसार जेठ ७ गतेभित्र क्रियाशील सदस्यबारे कुनै उजुरी वा गुनासो भए पठाउन सक्ने बताए ।
साथै केशव रिजाललाई ९८५११२९०७८, प्रदीप पराजुलीलाई ९८५१०४४०६५, रामचन्द्र घिमिरेलाई र ९८५११२४१९८ मा फोन गर्न सकिने पनि विज्ञप्तिमा भनिएको छ ।