काठमाडौँ । सत्तारुढ नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज छलफल हुँदैछ । उनीहरूबीच आज साँझ ६ बजेको लागि समय तय गरिएको छ । ओली र नेपालबीचको छलफलमा सुरेन्द्र पाण्डे, भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त र गोकर्ण विष्ट सहभागी हुनेछन् ।
नेता नेपाल र अध्यक्ष ओलीबीच हिजो छलफल गरेपछि नेपाल समूहका सांसदको राजीनामा गराउने निर्णयबाट पछि हटेका थिए । नेता नेपालले आज ओलीसँगको छलफलबारे केन्द्रीय सदस्यहरुसँग बिफ्रिङ गरेका थिए ।