काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सकिएको छ । बिहीबार देउवाको निवास बुढानीलकण्ठमा उनीहरूबीच छलफल भएको थियो ।
भेटवार्तामा बहुमतको सरकार गठनको विषयमा छलफल भएको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले बताए । देउवाले आजै बिहान जसपाका नेताहरू महन्थ ठाकुर र राजेन्द्र महतोसँग भएको कुराकानी पनि प्रचण्डला२ सुनाएका थिए । उनका अनुसार प्रचण्डसँग छलफल सकिएलगत्तै देउवा पार्टीको आन्तरिक छलफलमा जुटेका छन् । आन्तरिक छलफलमा कांग्रेसका अधिकांश नेताहरू सहभागी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनको लागि आज साँझ ९ बजेसम्मको लागि समय दिएकी छन् ।