काठमाडौँ । नेपाली कांग्रेसको बैठक सकिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा भएको वर्तमान तथा पूर्वपदाधिकारी बैठकले उनकै नेतृत्वमै नयाँ सरकार गठन गर्न आवश्यक समर्थन जुटाउने निर्णय गरेको छ ।
‘कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्न आवश्यक समर्थन जुटाउने निर्णय भयो,’ सहमहामन्त्री डा.प्रकाशशरण महतले भने ‘कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेको माधवकुमार नेपाल समूहसहितको सरकार बनाउने विषयमा आवश्यक तयारी गर्ने निर्णय भयो ।’