काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आउदै गरेको एसईई र कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।
बोर्डको सोमबार बसेको बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने भनेको एसईई र जेठ २६ गतेबाट हुने भनेको कक्षा १२ को परीक्षा स्थगित गरेको निर्णय बोर्डले घोषणा गरेको छ ।
बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले कोरोनो महामारीको कारण परिक्षा सञ्चालान गर्न सम्भव नभएको भन्दै अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बताए ।