काठमाडौँ । जसपाका एक नेताले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओलीले विश्वासको मत दिन अनुरोध गरेका थिए।
जवाफमा ठाकुरले आफूहरूको माग यस सरकारले पनि पूरा नगरेका कारण विश्वासको मत दिन नसकिने उनले बताएका थिए।
‘हामीले मुद्दा फिर्ता, नागरिकता विधेयक, संविधान संशोधन, लाल आयोगको प्रतिवेदन सार्वजनिकीकरण लगायतका प्रमुख मागहरू तपाईंसँग गरेका थियौं, तर त्यसमध्ये केही मुद्दा मात्र फिर्ता भएकाले तपाईंको पक्षमा मतदान गर्न सक्दैनौं,’ ठाकुरले भनेको भनाइलाई उद्धृत गर्दै ती नेताले भने, ‘मुद्दा फिर्ता लिएर तपाईंले हामीलाई केही विश्वास त दिलाउनु भयो तर, त्यो नै पर्याप्त नभएकाले विश्वासको मत दिन सक्दैनौं ।’
आफूहरुको सबै माग सम्बोधन नभएकाले विश्वासको मत दिन नसकिने ओलीलाई जनाकारी दिएको उनले बताए । ‘हाम्रो केही काम सम्बोधन गर्नुभएको छ । हामी तपाईंको विपक्षमा पनि उभिदैनौँ । तर हामीले विश्वासको मत दिन सक्दैनौं भनेका छौँ,’ महतोले भने । आफूहरु तटस्थ बस्ने उनको भनाइ छ । सोमबार प्रधानमन्त्री ओलीले विश्वासको मत दिँदै छन् ।