काठमाडौं । सत्तारुढ दल नेकपा एमालेलाई प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले एकलौटी चलाएपछि असन्तुष्ट वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षले संसदबाट सामुहिक राजिनामाका लागी ओली पक्षलाई २४ घण्टे अल्टिमेटम दिएको छ ।
अध्यक्ष ओलीले भोली सोमबार प्रधानमन्त्रीका लागी विश्वासको मत लिन विषेश अधिवेशन बोलाएपछि नेपाल पक्षले सामुहिक राजिनामाको तयारी गरेको हो ।
शनिबार साँझ ओलीलाई २४ घण्टे अल्टिमेटम दिएको यो समुहको आइतबार मध्यान्ह स्थायी समितिका सदस्यहरुबिच छलफल हुन थालेको हो ।
उनीहरु छलफलबाट सामुहिक राजिनामा बुभाउने तयारीमा रहेको बताइएको छ ।
एमाले उपाध्यक्ष युवराज ज्ञवालीले भने, ‘हामी आज बैठक बस्दै छौं, भर्चुअल माध्यमबाट भए पनि बस्छौं र कसरी अगाडि बढ्ने भनेर छलफल गर्छौं ।’