काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले मन्त्री पद नै बदनाम भएको टिप्पणी गरेका छन् । बिहीबार गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीव गुरुङ (दीपक मनाङे) लाई मन्त्री बनाएपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।
न्यौपानेले राजनीतिसँगै कम्युनिष्टहरूको बदनाम भएको उल्लेख गरेका छन् । सांसद्हरूलाई भेडाझैँ खरिद बिक्रि गर्ने गरेको उनको भनाई छ ।
र, यो पनि : नवनियुक्त मन्त्री दीपक मनाङ्गेले लिए सपथ
‘राजनीतिको बदनाम ! कम्युनिस्टको बदनाम ! मनाङे मन्त्री ! मन्त्री पदकै बदनाम’ उनले फेसबुकमा लेखेका छन् ‘छि ! संसदीय व्यवस्था । सांसद्हरूलाई भेडाझै खरिद बिक्रि गरिन्छ ।’
राजनीतिकाे बदनाम ! कम्युनिस्टकाे बदनाम ! मनाङे मन्त्री ! मन्त्री पदकै बदनाम ! छि ! संसदीय व्यवस्था सांसद्हरूलाई भेडाझै खरिद विक्रि गरिन्छ ।Posted by Lekhnath Neupane on Thursday, April 29, 2021