काठमाडौं । सरकारले चीनबाट ल्याएको कोभिड–१९ विरुद्धको खोप ४० देखि ५९ वर्षसम्मका नागरिकलाई दिने तयारी गरेको छ ।
चिनियाँ खोप पूर्वाधारका लागि उपयुक्त अस्पतालबाट ४० देखि ५९ वर्ष उमेरका नागरिकलाई दिने तयारी भएको
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका बताए ।
चीन सरकारले नेपाललाई ८ लाख डोज खोप अनुदानमा दिएको छ । ती खोप चैत १६ गते नेपाल ल्याइएको थियो । चिनियाँ खोप लगाउने विषयमा खोप सल्लाहकार समितिबाट परामर्श लिएर छिटै निर्णय गर्ने गौतमले बताए ।
उनीहरुका लागि मन्त्रालयले फरक कार्डको व्यवस्था गर्नेछ ।