काठमाडौं । सरकारले पुनर्स्थापित प्रतिनिधिसभाको विधेयक अधिवेशन अन्त्य गर्ने तयारी थालेको छ ।
प्रतिनिधिसभामा लामो समयदेखि अड्एिका नागरिकतालगायतका ३६ विधेयक विचाराधीन छन् । तर सरकारले चालु अधिवेशन अन्त्यको तयारी थालेको छ ।
संविधान अनुसार पुषमा विधेयक अधिवेशन बोलाउनु पर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा ५ पुसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद नै विघटन गरेकी थिइन । दुई महिना लामो बहसपछि सर्वोच्च अदालतले ११ फागुनमा संसद विघटनलाई बदर गर्दै १३ दिनभित्र अधिवेशन बोलाउन सरकारको नाममा परमादेश जारी गर्यो ।
त्यसअनुसार २३ फागुनदेखि सुरु भएको अधिवेशनमा ५ वटा वैठक बस्यो, जुन औपचारिकमा सीमित रह्यो । अब अर्को बैठक १८ चैतमा बोलाइएको छ ।
अब एकाध बैठक बसेर अधिवेशन अन्त्य गर्ने सरकारी तयारी छ । वैशाखबाट बजेट अधिवेशन शुरु गर्नुपर्ने भएकाले चालु अधिवेशन अन्त्यको तयारी भएको सरकार निकट एक नेताले बताएका छन् ।