ललितपुर । नेकपा एमालेका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली निरङ्कुस तानाशाह भएको आरोप लगाएका छन् ।
आफु पक्षीय कार्यकर्ता भेलालाई बुधवार ललितपुरमा सम्बोधन गर्दै नेता नेपालले ओलीमा कुनै राजनीतिक संस्कार नभएको अहंकारी, तानाशाही चरित्र रहेको छ । ‘ओलीमा म नै पार्टी हुँ । म नै राज्य हो भन्ने भ्रम छ । त्यसलाई भनिन्छ निरङ्कुश तानाशाहा ।’, उनले भने, गुटको बैठक, भेला हामीले गरेको हाेइन, ओलीले गरेका हुन् । देशभर मदन भण्डारी फाउन्डेसनको नाममा गुट चलाइरहनु भएको छ । उहाँमा अहंकार बढेको छ । दम्भ बढेको छ ।’ उनले भने, ‘हामीले धेरै प्रयास गर्दा पनि ओली सुध्रिएनन् । पार्टी एकतापछि बैठकमा आउनै मान्नु भएन । विधि, विधानलाई व्यवास्था गर्दै हिड्नु भयो । बाध्य भएर तपाईंहरुको सूझाव, सल्लाह लिन आएका हौं ।’ भेलामा नेता नेपालले भने, ‘यो कुनै गुटको भेला होइन । तपाईहरु जानाकार हुनुहुन्छ । तपाईं पनि पीडित, हामी पनि पीडित, त्यसैले यो पीडित– पीडितबीचको भेला हो ।’
प्रधानमन्त्री ओलीले पार्टी एकताको अढाइ वर्षमा के के काम गरे सबै रेकर्ड आफुसंग रहेको पनि बताए । उनले भने, ‘पूर्वएमाले र पूर्वमाओवादी पार्टीबीच एकता भएपनि ओलीले इमान्दापूर्वक पालना गरेनन् ।’ सत्तामा टिक्नको लागि सुटुक्क आलोपालो सरकार चलाउने सम्झौता गर्ने आनि पालना नगरेपछि कसरी विश्वास हुन्छ ?’ उनले भने, ‘ओलीको निरङ्कुश चरित्रको कारण सिंगो पार्टी र वामपन्थी एकता छिन्नभिन्न लागेको छ ।’
यस्तै, उनले नेकपाको सम्बन्धमा सर्वोच्च अदालतको फैसला बेठिक भएको तर्क गरे । उनले दुई सार्वभौम सम्पन्न पार्टीबीचको एकतालाई मान्यता नदिनु जन्मेको शिशुलाई गर्भमै फर्काउनु जस्तै भएको टिप्पणी गरे । ओलीले २८ को निर्णय नसच्याएसम्म आफुहरु चुप लागेर नबस्ने चेतावनी दिए ।