काठमाडौं । आज पेरिसडाँडामा बसेको पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल पक्षको स्थायी समितिको बैठकले अदालतको फैसलालाई मान्दै साबिक पार्टीको रुपमा अघि बढ्ने निर्णय गरेको छ ।
आइतबार सर्वोच्व अदालतले तात्कालिन एमाले र माओवादी केन्द्र एकता गरी बनेको नेकपालाई आधिकारिकता नदिई रिसि कट्टेलको नेकपालाई आधिकारिता दिए नेकपा एमाले र माओवादी केन्द्र बन्न पुगेको हो ।
संसद विघठन पश्चात नेता नेपाल पक्षले प्रचण्डसँग मिलेर प्रधानमन्त्रीसमेत रहेका केपी ओलीका विरुद्द सघर्ष गरिरहेको थियो भने आधिकारिकताका लागी निर्बाचन आयोगमा उजुरी हालेको थियो ।
आज बसेको बैठकले गलत प्रवृतिका विरुद्द निरन्तर लड्ने र एमाले र माओवादी केन्द्रकै रुपमा छुट्टाछुट्टै अघि बढ्ने निर्णय गरेको हो