हिमदुत ९ माघ । स्याङ्जाको पुतलीबजार १४ लामागेमा शंकास्पद वस्तु फेला परेको छ।स्थानीय बिष्णु प्रसाद पौडेलले खेत सम्याउने क्रममा खेतको सतहबाट अन्दाजी १ हात तल तार जडित फलामको बोत्तल जस्तो देखिने शंकास्पद बस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
शंकास्पद वस्तु फेला परेको सूचना प्राप्त हुने वित्तिकै जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट प्रहरी अधिकृत सहितको टोली र श्री सिंह सारदुल गुल्म आँधिखोला ब्यारेक स्याङ्जाबाट नेपाली सेनाको टोली खटिई गएको थियो। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरी प्रसाद पौडेलका अनुसार उक्त वस्तु टुईचमोटरको गोली जस्तो आकारमा रहेको वताएका छन। शंकास्पद वस्तु बारे थप अनुसन्धान भईरहेको र पोखरा पृतनाबाट बम डिस्पोज टोली (नेपाली सेना)लाई समेत खवर गरिएको जनाएका छन् ।