स्याङ्जा २३ असार । अविरल वर्षाका कारण पहिरोले घर पुरिदा स्याङजामा ४ जनाको मृत्यु भएको छ भने १ जना वेपत्ता भएका छन् । बिरुवा ६ लामाखेतमा इश्वरी लम्सालको घर पहिरोले पुरिदाँ ३ जनाको मृत्यू भएको छ । भने, आँधिखोला ३ मा १ जना र भीरकोटमा १ जना वेपत्ता भएका छन।
पहिरोका कारण मृत्यु हुनेहरुमा विरुवा ६ का ६५ बर्षिय गुईश्वरी शर्मा मरासिनी, ५८ बर्षिय हरिदेबी शर्माको मृत्यु र ६६ बर्षिय माधब शर्मा रहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जानकारी दिएको छ । त्यसैगरी मृत्यु हुनेमा आँधिखोला ३ का ३५ वर्षीय झलक प्रसाद पौडेल रहेका छन् भने वेपत्ता हुनेमा भीरकोट ५ की ७१ वर्षीय ख्यामकुमारी मल्ल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।