वालिङ १५ माघ । वालिङ नगरपालिका वाड नं ३ स्थित माझकोट मा.वि मा विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । वडा अध्यक्ष भीमवहादुर गुरूङ विद्यालयको अध्यक्ष चयन भएकाे विद्यालयका प्रधानअध्यापक अमृत खनालले जानकारी दिएका छन ।
वालिङ नगरपालिकाले गत पौष २९ गतेको १५ ओैं नगरसभावाट वडा अध्यक्ष स्वत विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुनेगरी शिक्षा ऐन संशोधन गरेपछि उक्त ऐन विवादमा परेको छ । सभामा एमाले निकट नगर प्रमुख कृष्ण खाँण सहित ८ वटा वडा अध्यक्ष र काँग्रेस निकट ६ वटा वडा अध्यक्ष सहित सभामा वहुमतले पारित गरेपछि काँग्रेस निकट उप प्रमुख कविता तिवारी सहित १५ जनाले उक्त ऐनको विरूद्धमा नगरसभा वहिष्कार गरेकी थिइन ।
संघीय ऐन विपरित नगर ऐन संशोधन भएको भन्दै खारेजीको माग गर्दै अदालतमा मुद्दा विचाराधिन भएकै अवस्थामा माझकोट मा.वि.मा वडा अध्यक्ष विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन गरेपछि अदालतको समेत मानहानि भएको छ । नगरपालिका भित्रका अन्य विद्यालयमा भने अदालतको आदेश पालना गरेर स्थगन गरेका छन्।
नगरपालिकाको संशोधित शिक्षा ऐन विवादमा आएपछि संघीय ऐन अनुसार व्यवस्थापन समिति गठन गरिएको माझकोट मा.वि.का प्रअ अमृत खनालले जानकारी दिए ।
नगरपालिकाले शिक्षा ऐन वनाउदा अघिल्लो नगर सरकारले जनप्रतिनिधि विद्यालयको अध्यक्ष हुन रोकेको थियो भने हाल संशोधित शिक्षा ऐनमा स्वत वडा अध्यक्ष समितिको अध्यक्ष वन्ने गरि ऐन संशोधन गरेका थिए ।
संघीय ऐन विपरित नगर शिक्षा ऐन संशोधन गरिएको भन्दै कार्यपालिका सदस्य भक्त गोतामेले उच्च अदालत पोखरामा रिट दायर गरेका छन । उच्च अदालत पोखराले १७ गते सम्म अन्तरिम आदेश मार्फत निर्णय कार्यन्वयनमा रोक लगाएको थियो । अदालतले रोकेको अवस्थामा माझकोट माविमा समिति गठन गर्नुले थप विवाद सिर्जना गरेको छ ।
नयाँ विद्यालय व्यवस्थापन साितिमा यामकुमारी सुनार, हिरामाया गुरूङ, देउवहादुर गुरूङ, कमलप्रसाद काफ्ले, भोवहादुर गुरूङ, विष्णु गुरूङ र शिक्षक प्रतिनिधि दलविर कुमार गुरूङ, सचिव विद्यालयका प्रअ अमृत खनाल र शिक्षक अभिभावक संघ केशवराज गुरूङ चयन भएका छन् ।