वालिङ- १९ पौष । मुक्तिनाथ विकास बैंक १८ औं वर्षमा प्रवेश गरेको छ । १९ पुस २०६३ देखि स्याङ्जा जिल्लावाट सञ्चालनमा आएको बैंकले आफ्नो वार्षिकोत्वसको अवसरमा विविध कार्यक्रम आयोजना गरेको छ ।
वैंकका सवै शाखाहरूमा १८ ओैं वार्षिक उत्सव विविध कार्यक्रम गरि भव्यरूपमा देशभर मनाईएको छ । यसै विच स्याङ्जाको वालिङ शाखामा पनि १८ ओैं वर्ष प्रवेशको उपलक्ष्यमा केक काटेर मनाईएको छ ।
वालिङ शाखामा आयोजित कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले वैकलाई नाफामुखी नभई सेवामुखी हुनुपर्नेमा जोड दिए ।
मुलुकको सिंगो अर्थतन्त्र कमजोर भईरहेको वेला देशमा रहेका उद्योगी व्यापारी लगायत सम्पूर्ण क्षेत्र प्रभावित वनेका वेला वैंकहरूले सहज ढंगवाट सेवा प्रवाह गर्न अनुरोध गरे ।
कार्यक्रममा शाखाका प्रमुख नवीन काफ्लेले मुक्तिनाथ विकास वैंक स्याङ्जावाट स्थापना भएर राष्ट्रिय स्तरमै आफ्नो छवि उच्च राख्न सहयोग गर्ने ग्राहक वर्ग, शुभचिन्तक सवैमा धन्यवाद ज्ञापन गरेका थिए ।