राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ भोलि बाँडफाँट गरिने भएको छ ।
बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडका अनुसार आज प्रिअलटमेन्टको कार्य सम्पन्न भएको हुदा भोलि बिहीबार ३ बजे लघुवित्तको आईपीओ बाँडफाँट गरिने क्यापिटलले जनाएको छ ।
कसरि हेर्ने नतिजा : १) नतिजा हेर्नको लागि नेप्से बजारको एप डाउनलोड गर्नुहोला। २) एप डाउनलोड गर्न यहा क्लिक गर्नुहोला। ३) एप खोलि IPO RESULTS भन्ने अप्सन छान्नुहोला। ४) आफ्नो दिम्याट नम्बर हानि कम्पनि छान्नुहोला। ५) त्यसपछि तपाइले आफ्नो नतिजा हेर्न सक्नु हुने छ। ( नोट : आईपीओ बाँडफाँट भएको केहीबेर पछि मात्र नतिजा सार्बजनिक हुने छ )
लघुवित्तले ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको हो। लघुवित्तले निष्काशन गरेको कुल ८ लाख ५० हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ। सर्वसाधारणकालागि बाँकी ७ लाख ९४ हजार ५०० कित्ता शेयरका सुरक्षित गरिएको छ।
लघुवित्तकाे आईपीओमा अन्तिम दिनसम्म २६ लाख ३४ हजार ६ सय २६ जना आवेदकले ३ करोड ५ लाख ३१ हजार ३ सय ७० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणकाे लागि माग गरिएकाे भन्दा ३८.४२ गुणा धेरै आवेदन हो ।
हाल लघुवित्तको चुक्ता पूँजी १७ करोड ५० लाख रुपैयाँ रहेको छ भने आईपीओ बाँडफाँड पश्चात चुक्ता पूँजी २६ करोड रुपैयाा पुग्नेछ ।सो आइपीओमा छिटोमा फागुन ८ गते र ढिलोमा फागुन १८ गतेसम्म आवेदन दिन सकिने ब्याबस्था थियो ।