काठमाडौँ । सरकारले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।
सोमबार राति १२ बजेदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।
सरकारले संसदलाई पर्याप्त बिजनेश नदिएपछि सरकारले सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गरेर अधिवेशन अन्त्य गरेको हो ।
स्रोतका अनुसार सरकार संसद अधिवेशन अन्त्य गरेर केही अध्यादेश ल्याउने तयारी छ ।