हिमदुत– नेपाली काङ्ग्रेसका युवा नेता एवं प्रतिनिधिसभाका सदस्य मोहन पाण्डेले आज बसेको प्रतिनिधि सभाको बैठमा अहिलेको सरकार परमादेश तथा जनादेश दुबैको सरकार रहेको स्पस्ट पारेका थिए ।
उनले संविधान अनुसार पाँच वर्षका निम्ति आवधिक निर्वाचन भयो तब जनादेश आएको र जब जानादेशको घाँटी निमोठ्ने काम पुर्व प्रधानमन्त्री र रास्ट्रपतिले गरेकोबेला परमादेशको खोजी भएको त्यही परामादेशको आधारमा संसद जिवन्त रहेको पाण्डेले बताए ।
उनले घाटि निमोठिएको जनादेशलाइ परमादेशले जिवन्त रखेको भन्दै अहिले सरकार परमादेश अनि जनादेश दुवैको सरकार रहेको भन्दै आफुलाई गर्व महसुस भएको बताए ।
हेरौ यो भिडियो ;
नेता पाण्डेले लिम्पेयाधुरा लिपुलेकको नक्सा संसदले साझा रुपमा पास गरेको तर यो समस्याको रुपमै रहेको पाण्डेले बताए । पाण्डेले नेपालसङ्ग लिपुलेक र लिम्पेयाधुराको नक्सा भएको तर कब्जा भारतले गरेको भन्दै प्रतिनिधिसभाको वैठकमा आक्रोश जनाएका थिए । उनले जबसम्म नेपालको हातमा लिपुलेक र लिम्पेयाधुराको जग्गा आउदैन तबसम्म समस्याकै रुपमा रहेको र समस्या समाधान गर्नाका निम्ति सरकारले यसलाई समस्यामै राखेको नेता पाण्डेले प्रतिनिधि सभाको बैठमा बताएका थिए ।
वैठकमा बोल्दै नेता पाण्डेले बेलायतमा रहेका भुतपुर्व गोर्खाहरुको मागको सन्दर्भमा सरकारले कुटनैतिक पहल गरेर सम्मानजनक पहल पूरा गरेर नेपालिको तथा भुतपुर्व गोर्खाहर्को शिर उच्च राख्ने काम सरकारले गरोस भन्दै सरकारलाई आग्रह गरेका थिए ।
पाण्डेले अफगानिस्तान स्थानमा रहेका सबै नेपालीलाई सबैब नेपालिलाई सुरक्षीत नेपाल अवतरण गराइ उनिहरुलाइ रोजगारको सुनिस्चितता दिन समेत पाण्डेले सरकार सङ्ग आग्रह समेत गरेका थिए । उनले दक्षिण कोरिया जानका निम्ति सबै प्रक्रिया पुर्याएर बसेका युवालाई छिटोभन्दा छिटो दक्षिण कोरिया पठाउन समेत आग्रह गरेका थिए ।।
बैठकमा पाण्डेले आफ्नो गृहजिल्ला स्याङ्जामा ४० वर्ष अघि जाइकाले गरेको कालीगण्डकी १ को १६०० मेघावाटको लागी प्ररम्भिक अध्यनका निम्ति अघाडी बढाउन समेत माग गरेका थिए साथै उनले कालीगण्डकी २ ८७० मेगावाटको लागि पाल्पाको रामपुर ,स्याङ्जाको चापाकोट,पाल्पाको निस्ठि ,तनहु र नवलपरासीको गाउँ सम्म प्ररम्भिक अध्यन अघि बढाइ प्रक्रिया थाल्न समेत माग गरेका थिए ।