काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३७५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९५९८ पीसीआर परीक्षणमा २७०९ जना र ५५८४ एन्टिजेन परीक्षणमा १०४१ जना गरी ३७५० संक्रमण पुष्टि भएको हो ।
त्यस्तै ५२२५ जना निको भएका छन् । २४ घण्टामा ६७ जनाले ज्यान गुमाएका छन् ।