काठमाडौं । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको साँचो सुम्पेर राष्ट्र विखण्डनको मतियार बन्न पुगेको आरोप लगाएका छन् ।
सत्ता होइन व्यवस्थालाई महत्त्व दिउँ भन्दै थिएँ, सत्ताको पछि भौतारिँदै गर्दा राष्ट्रवादी ओलीले सत्ता जोगाउन चुरे ध्वस्त गराएर मधेश नै गुमाउने डुबाउने, साल्ट ट्रेडिङ मासेर आयोडिन युक्त नुनको हाहाकार गराउने काममा लागेको टिप्पणी गरे । ‘बहुल राष्ट्र मुक्तिसँग्राम गर्न सत्ताको साँचो सुम्पेर राष्ट्र विखण्डनको मतियार बन्न पुग्नुले राष्ट्रवाद र सदाचारको लगौटी खुस्किसकेको थाहै पाएनछन्’, सोमबार उनले समाजिक सञ्जालमा उल्लेख गरका छन् ।
उनले ओली राष्ट्रवादको लगौटी बिखन्डनको पगरी बनिसकेको समेत उल्लेख गरेका छन्।