काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ४७१ नमुनाको पीसीआर परीक्षण गर्दा ३ हजार ५४० र ५ हजार ३४३ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ५०२ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै ८ हजार २४३ जना निको भएका छन् । २४ घण्टामा ६८ जनाले ज्यान गुमाएका छन् ।