काठमाडौं । भारतमा वितण्डा मच्चाइरहेको पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ‘ताउ–ते’ उत्तर–उत्तरपश्चिम हुँदै गुजराततिर बढ्ने क्रममा रहेको छ। उक्त चक्रवातको प्रत्यक्ष प्रभाब नेपालमा नपरे तापनि केही भू–भागमा असर पर्ने सम्भावना रहेको मौसम तथा पूर्वाअनुमान महाशाखाले जनाएको छ ।
महाशाखाले जनाए अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा चक्रवातको प्रभाव परे पनि डराउनु पर्ने अवस्था रहेको छैन । दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ।
देशको पहाडी भू–भाग तथा कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाले जनाएको छ । उच्च हिमाली भू–भागका केहि स्थानहरूमा हल्का देखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको बताएको छ ।
देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।