स्याङ्जा,वालिङ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज तीनवटा नगरपालिकालाई पुरस्कृत गर्दै छ्न र त्यसमा वालिङ नगरपालिका पनि रहेको।
नेपाल नगरपालिका संघको २८ औं बार्षिक साधारणसभाको अवसरमा आयोजना हुने कार्यक्रममा ती नगरपालिकाहरुलाई पुरस्कृत गर्न लागिएको संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले जानकारी दिए । व्याञ्जुका अनुसार झापाको कनकाई, रुपन्देहीको तिलोत्तमा र स्याञ्जाको वालिङ नगरपालिकालाई विभिन्न सूचकका आधारमा उत्कृष्ट घोषणा गरिएको छ ।
ती नगरपालिकाहरुलाई वातावरण, सुशासन र वित्तीय क्षेत्रमा उत्कृष्ट काम गरेको भनेर पुरस्कृत गर्न लागिएको हो । आज ११ बजे होटल र्याडिसनमा हुने कार्यक्रममा अपांगता भएका व्यक्तिहरुको जीवन सहज बनाउनका लागि रोटरी क्लबसँग करिब ८ सय वटा ह्विल चेयर र केही डाइलोसिस मेसिन दिने बिषयमा सम्झौता हुनेछ ।
यसैगरी विल गेट्स फाउण्डेसनसँग नगरपालिकाहरुको लेदोजन्य फोहोर व्यवस्थापनका लागि गर्ने सहयोगमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।