काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल र माधवकुमार नेपाल नजाने भएका छन् ।
राष्ट्रपति भण्डारीले केही बेरमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका नेताहरुलाई छलफलमा बोलाएकी छन् ।
बुधबार र बिहीबार तय भएको आफ्नो समूहको राष्ट्रिय कार्यकर्ता भेलाको तयारीका कारणले जान नभ्याइने माधब समूहले जानकारी दिएको छ ।
उनले राष्ट्रपतिले असान्दर्भिक बेलामा सर्वदलीय बैठक आह्वान गर्नु शोभनीय नभएको नेता विष्णु रिजालले बताए । मुलुकको राजनीतिक निकास भन्दा पनि ओलीको सत्ता संकट मोचनको लागि बुनिएको तानाबाना भएको बताए ।