काठमाडौँ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले रामकुमारी झाँक्री पक्राउ गरिएको घटनाको घोर भत्सर्ना गरेका छन् ।
राज्यविरुद्धको कसुर गरेको आरोपमा नेकपाको प्रचण्ड–नेपाल समूहकी नेतृ झाँक्रीलाई बिहीबार प्रहरीले पक्राउ गरेपछि त्यसको विरोधमा उपसभापति पौडेलले नागरिकको अभिव्यक्ति स्वतन्त्रता माथि नाङ्गो हस्तक्षेप भएको बताए ।
सरकारले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर आफ्नो अधिनायकवादी चरित्र उदाङ्गो पारेको छ । संविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रता माथि नाङ्गो हस्तक्षेप गरेको छ। त्यसैले रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको घटनाको म घोर भत्सर्ना गर्दछु बिनासर्त रिहा गरियोस्,’ पौडेलले सामाजिक सञ्जालमा लेखेका छन् ।
सरकारले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर आफ्नाे अधिनायकवादी चरित्र उदाङ्गाे पारेकाे छ । संविधानले व्यवस्था गरेकाे नागरिककाे अभिव्यक्ति स्वतन्त्रता माथि नाङ्गो हस्तक्षेप गरेकाे छ। त्यसैले रामकुमारी झाँक्रीलाई पक्राउ गरिएकाे घटनाकाे म घाेर भत्सर्ना गर्दछु विना शर्त रिहा गरियोस् !