काठमाडौं । नेकपा प्रचण्ड–माधव समुहका युवा विद्यार्थीहरुले संसद विघटनविरुद्ध सिंहदरबार घेराउ गरेका छन् । अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङको नेतृत्वमा प्रधानमन्त्रीलाई विरोध पत्र बुझाउन सिंहदरवार जाने क्रममा विद्यार्थीहरुले नाराबाजी र प्रदर्शन गरेका हुन् ।
विद्याथीहरुले ‘अनेरास्ववियू जिन्दावाद, प्रतिगमन मुर्दावाद, असंवैधानिक कु खारेज गर, केपी..पाराले दुःख पाए साराले, केपी ओली कायर छ, सारा जनता फायर छ विदेशी हस्तक्षेप बन्द गर, वि हेट ओली, फाल्नेछौ भोलि’ लगायतका नारा लगाएका थिए ।
त्यसक्रममा युवा विद्यार्थीको ज्ञापन पत्र बुझ्न प्रधानमन्त्रीका तर्फबाट कोही उपस्थित नभएपछि विद्यार्थी नेता रञ्जित तामाङले मिडियासामु विरोध पत्र पढेर सुनाएका थिए ।