काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चुनाव आफुहरुले जिताएको दाबी गरेका छन् । बिहीबार नेपाल ट्रेड युनियन महासंघको भेलामा बोल्दै प्रधानमन्त्री ओलीले प्रचण्डलाई ०७४ सालको चुनावमा चितवनमा आफूहरूले जिताएको बताएका छन्।
‘०७४ मा चितवनमा उहाँलाई हामीले जिताएको हो। ठूला सभा गरेर। जनतालाई लौन भोट हालिदिनुस् भनेर आग्रह र अनुरोध गरेर जिताएको हो,’ ओलीले भने, ‘०७० सालमा त बत्ती निभाएर, बाकस साटेर। त्यसअघि कीर्तिपुर हारेको। रोल्पा, सिरहा, कीर्तिपुर हुँदै चितवन जानुभयो अब कता जाने हो ? जंगल जाने होइन।’
उनले केही सञ्चार माध्यमले सरकारका राम्रा काम नदेखेको पनि बताएका छन्।
प्रधानमन्त्री ओलीले आफूविरूद्ध मुद्दाहरू दर्ता भइरहेकोले कानुन पढेकाहरूले काम पाइरहेको बताए