काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले निर्वाचन प्रक्रिया रोक्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललगायत नेताहरूले सोमबार आयोग कार्यालय कान्तिपथ पुगेर यस्तो आग्रह गरेका हुन्।
‘प्रचण्ड–नेपाल पक्षका नेता कृष्णभक्त पोखरेलले भने स्वच्छता निष्पक्षता र तटस्थताको आधारमा काम होस भनेर हामीले भनेका छौं, अदातलको फैसलाको निर्क्यौल नभएसम्म निर्वचान प्रक्रिया अगाडि नबढाउन आग्रह समेत भएको छ’ उनले भने ।
आयोगका पदाधिकारीहरुले भने मतदाता नामावली संकलन रोकेर मतदान केन्द्र निर्धारणको काम मात्र भएको जवाफ दिएका छन् ।
प्रचण्ड–माधव समूहका नेताहरुले पार्टीको वैधानिकतालाई विवादमा आयोगले पठाएको पत्रबारे पनि चासो राखेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधिसभा भंग गरेर वैशाख १७ र २७ मा मध्यावधि निर्वाचन घोषणा गरेका छन् । तर संसद विघटन असंवैधानिक भएको भन्दै एक दर्जन रिट गरेको छ र यो मुद्दा सर्वोच्चमा विचाराधीन छ ।